रौतहट ।। रौतहट सहित तराईका जिल्लामा शीतलहरले कष्टकर बन्न थालेको छ । बिहान कुहिरो र शीतलहरले निजककै देखन समस्या भइरहेको छ । शीतलहर चल्न थालेपछि मानव स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, सडक यातायात, शैक्षिक संस्थालगायत प्रभावित बनेका छन्र । शीतलहरका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस्तै शीतलहरका कारण तराईका जिल्लाहरुमा हरेक वर्ष ठूलो धनजनको क्षतिको कारक बन्दै गएको छ । मौसमविद्हरूका अनुसार, शीतलहर चलेको बेला अधिकतम र न्यूनतम तापक्रम बीचको अन्तर ज्यादै कम हुन्छ। चिसो बढेसँगै स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।