एजेन्सी ।। फिनाल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाको राष्ट्रपतिले माफी मागेकी छन् । उनलाई इस्टोनियाका मन्त्री ७० वर्षीय मार्ट हेल्मेसले विश्वकै कान्छी प्रधानमन्त्री मरिनालाई सेल्स गर्ल भन्दै सरकार चलाउने उनको क्षमता माथी प्रश्न उठाएका थिए । केही दिनअघि एक रेडियो अन्तरवार्तामा इस्टोनियाका मन्त्री हेल्मेसल ३४ वर्षीय प्रधानमन्त्री मरिनलाई ुसेल्स गर्लु भनेका थिए। ‘एउटी सेल्स गर्ल अहिले प्रधानमन्त्री बनेकी छन्। अरु सडक अभियन्ता र अशिक्षितहरु क्याबिनेटमा प्रवेश गरेका छन्,’ हेल्मेले भनेका थिए।
उनको यस्तो टिप्पणीपछि विपक्षीहरुले हेल्मेको राजीनामा मागेका छन्।
विवाद बढ्दै गएपछि इस्टोनियाकी राष्ट्रपति केर्स्टी कालुलाइले फिनल्यान्डका राष्ट्रपति साउली निनिस्तोसँग माफी मागेकी छन्।
Home अन्तराष्ट्रिय विश्वकै कान्छी प्रधानमन्त्रीलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले मागिन् माफी





