काठमाडौं ।। पकिस्तानको पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई लाहौर उच्च अदालतले मृत्युदणडको फैसला सुनाएको छ । मुसर्रफलाई संविधानको अवहेलना र देशद्रोहको आरोपमा उक्त सजाय सुनाइएको हो ।यस्तो आरोपमा मृत्युदण्डको फैसला सुनाइएको मुसर्रफ पहिलो पाकिस्तानी हुन् । अहिले मुसर्रफ दुबईमा स्वास्थय उपचार गराइरहेका छन् । उपचार गराइरहेका मुसर्रफलाई उच्च अदालतको तीन सदस्यीय बेञ्चले बहुमतबाट मृत्यु दण्डको सजाय सुनाएको हो । केहि दिनअघि एक भिडियो सार्वजनिक गर्दै मुसर्रफले आफनो सवस्थ्य अवस्था खराब रहेको बताउदै जाँच आयोगलाई दुबई आएर अवस्था बुभझ आग्रह पनि गरेका थिए । भने मुसर्रफले सैनिक र शासकका रुपमा देशका सेवा गरेको भन्दैं देशद्रोहको आरोप निराधार रहेको बताएका थिए ।सन् २०१३ पाकिस्तान मुस्लिम लिग ९नवाज० सत्तामा आएपछि मुसर्रफमाथि यस्तो मुद्दा दायर गरिएको थियो ।सन् १९९९ मा सैन्य विद्रोह गरि सत्तामा हातमा लिएका मुसर्रफले महाअभियोगका आरोप छल्न २००८ मा राजीनामा दिएका थिए ।
पाकिस्तानका पूर्वराष्ट्रपति परवेजलाई मृत्युदण्डको सजाय
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।