पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ। लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो। मुशर्रफ भने हाल पाकिस्तानमा छैनन्। दुबईमा उनको उपचार भइरहेको छ। केही दिनअघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए।

आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ। देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु।’ संविधान उल्लंघनको आरोपमा आफ्ना वकिल सलमान सफदरलाई न्यायालयले नसुनेको उनको गुनासो थियो। ‘मेरो विचारमा यो निकै ज्याजती भइरहेको छ र मलाई न्याय गरिएन,’ मुशर्रफले भिडियो सम्बोधनमा भनेका थिए।

इस्लामाबादको विशेष न्यायालयले ३१ मार्च २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो। उनी पाकिस्तानको इतिहासमा पहिला व्यक्ति हुन्, जसमाथि संविधानको अवहेलनाको मुद्दा चलेको थियो। २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज) सरकारमा आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।
विशेष अदालतको प्रमुख चार पटक फेरियो।

मुशर्रफ एक पटक मात्र अदालतमा उपस्थित भए, जतिबेला उनीमाथि आरोप लागेको थियो । त्यसपछि कहिल्यै अदालतमा उपस्थित भएनन्। मार्च २०१६ मा स्वास्थ्यको कारण देखाएर उनी विदेश गए। सत्तारुढ पार्टी मुस्लिम लिग (नून)ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो, जसका कारण उनी देश बाहिर जान पाए। मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको शासन सत्ता हातमा लिएका थिए। २००१ को जुनमा सैन्य प्रमुख रहेकै बेला आफैंलाई राष्ट्रपति घोषित गरे।

२००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराएर उनी थप पाँच वर्षका लागि राष्ट्रपति बने। २००७ अक्टोबर(नोभेम्बरमा फेरि राष्ट्रपतिको चुनाव जिते। तर सर्वोच्चमा मुद्दा र्पयो। उनले देशमा संकटकाल लगाए। मुख्य न्यायाधीश इफ्तिखार चौधरीलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरे र चुनावलाई वैधानिकता दिलाए। २००८ अगष्टमा उनले राष्ट्रपति पदबाट राजीनामा दिए। दुई मुख्य सत्तारुढ पार्टीले उनीविरुद्ध महाअभियोग लगाउने सहमति गरेसँगै उनको यो निर्णय आएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here