काठमाडाैं ।। भारतको असाम राज्यमा लगाइएको कफर््यू आजबाट हट्ने भएको छ । नागरिकता विधेयकका कारण विरोध चर्किएपछि प्रहरी प्रशासनले कर्फुयू लगाएको थियो । विरोध प्रदर्शन सामान्य बन्न थालेपछि आजबाट कर्फुयू हटाइने असाम सरकारले जनाएको छ । विरोध प्रदर्शनका कारण असाममा इन्टरनेट सेवा पनि अवरुद्ध बनेको थियो । प्रदर्शनका क्रममा झन्डै एक हजारभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । भारत सरकारले नागरिकता संशोधन विधेयक दुवै सदनबाट पारित गरेपछि भारतको असाम सहित गुवाहाटी, पश्चिम बंगाल, दिल्लीसहितका राज्यमा पनि विरोध जारी छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।