रौतहट ।। समाजवादी महिला संघ नेपाल जिल्ला कार्य समिति रौतहटको अध्यक्षमा समाजवादी महिला संघ प्रदेश सदस्य शोभा देवी साह चयन भएका छन ।
शनिवार रौतहटको सदरमुकाम गौर स्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा आयोजना गरिएको समाजवादी महिला संघ नेपाल जिल्ला समायोजन घोषणा कार्यक्रममा प्रदेश सदस्य साहको अध्यक्षतामा ४७ सदसीय नया जिल्ला कार्य समिति गठन गरिएको हो ।
प्रदेश सभा सदस्य रामकिशोर यादवको प्रमुख आतिथ्यमा भएको समायोजन कार्यक्रमबाट संघीय समाजवादी फोरम नेपालका ३७ र नया शक्ति पार्टीका १० जना महिलाको समावेश गरी नया जिल्ला कार्यसमिति गठन गरिएको छ ।
नया कार्य समितिको उपाध्यक्षमा राधा साह , दीपा गौतम , सचिवमा जमुना साह , सह सचिवमा शारदा देवी , सदस्यहरुमा शर्मीला कोइराला साह , रीता यादव , अंजना कुमारी , गीता श्रीवास्तव , चन्द्रकला महतो , कमलो देवी राम , तेतरी देवी , शाहिदा खातून , शैल कुमारी जायसवाल , सोना देवी कुशवाहा , अबुंन नेसा खातून , शारदा देवी , माधुरी देवी , उर्मिला देवी , समुंद्री देवी राम , शकीना खातून , मैना देवी , शुशीला दस , कृपा यादव , सुनीता यादव , राजवंती राम , रेनू देवी कलवार , फूल कुमारी साह , लगनी देवी साह, मुनचुनिया देवी , ललिता देवी साह , पार्वती राउत , लक्ष्मी देवी , पूनम दास रहेका छन ।
कार्यक्रममा सम्वोधन गर्दै प्रदेश सभा सदस्य यादवले महिलाहरुलाई हकÞ अधिकारको लागि संघर्ष गर्दै अघि बढ्नु पर्ने बताएका छन । वहाले संविधानले महिलाहरुको अधिकारको सुनिश्चित गरेकोले आफ्नो अधिकार लिनु पर्ने धरना राखे ।
कार्यक्रममा पूर्व सभासद रम्भा देवी , समाजवादी महिला संघ नेपाल प्रदेश २ का अध्यक्ष संजीला यादव , उपाध्यक्ष पिंकी यादव , तारा भंडारी इन्दु यादव , जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असीस राय यादव सहितले शुभकामना मंतव्य राखेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here