काठमाडौं ।। तपाईहरुलाई थाहा होला कि सुन्ताला खानुका धेरै फाईदा हुन्छ । तर चिसोमा सुन्तला खानालो बेगलै फाइदा हुन्छ । सुनतला स्वादको लागी नभएर स्वास्थयको लागि अत्यन्तै फाईदा हुन्छ । सुन्तलामा भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिछामिन चककीको सट्टा सुन्तला खानु स्वास्थय र शरीर दुवैको लागी धेरै फाइदा जनक हुन्छ ।
१ क्यान्सरको जोखिम घटाउँछ
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।
२ मिर्गौला स्वस्थ राख्छ
सुन्तला खाइरहने गर्नले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।
३ कलेजो जोगाउँछ
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।
४ कोलेस्टरोल घटाउँछ
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।
५ मुटु बलियो बनाउँछ
सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।
६ भाइरल इन्फेक्सन हटाउँछ
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।
७ कब्जियत खुलाउँछ
कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।
८ आँखा तेजिलो बनाउँछ
सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।
९ रक्तचाप नियन्त्रण गर्छ
सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।
१० छालाको सुरक्षा गर्छ
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।
चिसोमा सुन्तला खानुका १० फाइदा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।