काठमाडाैं ।। नेपाली काँग्रेसले सभामुख वा उपसभामुखमध्ये एक पदमा आफ्नो दावी रहेको जनाएको छ । संविधानमा सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । संविधानको मर्म र भावना अनुसार सत्ता पक्षले सभामुख वा उपसभामुख एक पद लिन सक्ने छ । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आफूहरुले दुईमध्ये कुनै एक पदमा उम्मेदवारी दिने बताउनुभयो । यसअघि काँग्रेसले पुष्पा भूसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । फेरि पनि भुसाललाई नै उम्मेदवार बनाउने वा अरु कसैलाई बनाउने भन्नेमा छलफल हुन बाँकी नै रहेको पनि प्रमुख सचेतक खाणले जानकारी दिनुभयो । तर, नेकपाभित्र उपसभामुख कुन दललाई दिने भन्नेबारेमा औपचारिक छलफल भने सुरु भएको छैन । अनौपचारिक रुपमा राष्ट्रिय जनता पार्टी राजपा, राष्ट्रिय जनमोर्चा वा अन्य साना दललाई उपसभामुख दिन सकिने विषयमा छलफल भएको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले उपसभामुख फरक दललाई दिनुपर्ने संवैधानिक व्यवस्था मान्नुपर्ने भएपनि यसै दललाई दिने भन्नेबारेमा खासै छलफल नभएको बताउँनुभयो । संसद सचिवालयका एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागारमा छन् । महरा कारागार चलान भएसँगै खाली रहेको सभामुख पद पूर्ति गर्नको लागि नेकपाले शिर्ष तहमा अनौपचारिक छलफल थालेको छ भने अन्य दलले पनि तयारी सुरु गरेका छन् ।
सभामुख वा उपसभामुखमध्ये एक पदमा काँग्रेसको दावी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।