बारा ।। देशभर नेपाल भ्रमण वर्ष २०२० को चहलपहल चलिरहँदा प्रदेश २ को एकमात्र राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ । देशकै कान्छो राष्ट्रिय निकुञ्जका रुपमा तत्कालिन सिकार आरक्षबाट २०७४ सालमा निकुञ्ज घोषणा भएको यो राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या सोचे अनुरुप छैन । बिगतमा सिकार आरक्ष हुँदा पर्यटन विकासमा चासो नदिइएको र निकुञ्ज घोषणा भएलगत्तै पर्यटकीय पूर्वाधारहरु विकास गर्नेक्रम सुरु भएकाले क्रमशः पर्यटक बढ्ने निकुञ्जको अपेक्षा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताउनुभयो । पर्यटकिय सम्भावना बोकेको यस निकुञ्जलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस क्षेत्रका पर्यटन व्यवसायीहरुले विभिन्न कार्यक्रम गर्दै आईरहेका छन् । प्रदेश २ मा पर्यटक भित्र्याउन एक बलियो माध्यम पर्सा राष्ट्रिय निकुञ्ज भएपनि प्रदेश सरकारले भने हालसम्म यसको प्रचारप्रसारमा चासो दिन सकेको छैन । संरक्षित पाटेबाघ, चितुवा, जरायो, घोडगधा, गौरीगाई लगायतका जनावरसँगै सयौँ प्रजातीका पन्छी अवलोकन गर्न सकिने निकुञ्ज आसपारमा करोडौंको लगानीमा ठूला होटल समेत खुल्न थालेका छन् । पर्यटकिय हिसाबले निकै ठुलो सम्भावना बोकेको प्रदेशकै एकमात्र यस निकुञ्जका लागि सरकारले बिशेष ध्यान दिन जरुरी देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here