काठमाडाैं ।। मौसम पूर्वानुमान महाशाखाले देशैभर सामान्यदेखि पूर्ण बदली रही वर्षा र हिमपात हुने जनाएको छ । विभागले जारी गरेको सूचना अनुसार देशको पश्चिमी भागका केही स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सूचनामा उल्लेख गरिएको छ । यस्तै तराई क्षेत्रमा शीतलहर हुने पनि विभागले जनाएको छ । देशका पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी समेत आउने सम्भावना रहेको विभागको सूचनामा उल्लेख गरिएको छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागका स्थानहरुमा सतर्कता अपनाउनु आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here