काठमाडाैं ।। राष्ट्रिय सभाको एक तिहाई सदस्यको चुनाव माघ ७ गते हुने तय भएको छ । संघीय संसदले ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएकाले चुनाव गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएको छ । निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले माघ ७ गते चुनाव गर्ने तयारी अघि बढाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा कार्यकाल सकिनु भन्दा कम्तिमा ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार माघ १५ गतेभित्र चुनाव गरिसक्नुपर्ने बाध्यताका कारण आयोगले एकहप्ता अघि माघ ७ गते चुनावको मिति तय गरेको हो । आयोगले यसको जानकारी राजनीतिक दल र सरकार समक्ष पठाउने तयारी गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here