काठमाडाैं ।। कृषिमा तीनै तहको सरकारबीच साझा संयन्त्र बन्ने भएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको कृषिजन्य गतिविधि चुस्त बनाउन भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकीकृत संयन्त्र बनाउन लागेको हो । संयन्त्रको ढाँचा र कार्यविधिबारे कृषिमन्त्री घनश्याम भुसालले हिजो सातै प्रदेशका कृषिमन्त्रीसँग काठमाडौंमा छलफल गर्नुभएको छ । संघीयता कार्यान्वयनपछि स्थानीय तह, प्रदेश सरकार र केन्द्रबीच कृषिका विषयमा समन्वय नभएको निष्कर्षपछि संयन्त्र गठनबारे छलफल गरेको कृषि तथा पशुपन्छि विकासमन्त्री भुसालले बताउनुभयो । मन्त्रालय सम्हालेदेखि कृषि अन्तर्गतका सबै निकायले तहगत सूचना र तथ्याङ्क अभाव महसुस गरेको आफूले पाएको उहाँको भनाइ छ । तथ्याङ्क नभएपछि कुन तहले के काम गर्दैछ भन्नेसमेत जानकारी नभएको मन्त्री भुषालले बताउनुभयो । छलफलमा सातै प्रदेशका कृषि मन्त्रीहरुले संयन्त्र गठनबारे सहमती जनाएपनि संयन्त्रको स्थायी आकार र कार्यविधिका विषयमा भने टुंगो लागिसकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here