काठमाडौं ।। जाडोमा ह्रदयघातको जोखीम बढी हुने गर्दछ । चिसो मौसम सुरु भएसँगै उसको बारेमा जानकारी लिन आवश्यक हुन्छ । चिकित्सका अनुसार गर्मी भन्दा जाडोमा ह्रदयघात हुने बढी सम्भावना हुने गर्दछ । चिसोको कारणले शरीरमा निस्क्रिय भएमा ह्रदयघात अर्थात हर्टअट्या हुने सम्भावना बढि हुन्छ चिकित्सकहरु ब्ताउछन् । । चिसो मौसमको बिहान ४ बजे देखी ५ बजे सम्म ह्रदयघातको सम्भावा बढि हुन्छ । जाडोको कारणले शरीरमा नसाहरु साँघुरिने हुन्छन् । शरीरका नसाहरु साँघुरिदा मुटुको कार्यभार बढ्न जान्छ ।यस्तो अवस्थामा हार्ट अट्याकको जोखिम उच्च हुने गर्छ । पछिल्लो समयमा मानिसहरुमा हार्ट अट्याकको समस्या बढेको पाइन्छ । हार्टअट्याकका कारण निस्क्रिय जीवनशैलीमा जिउँनु, शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नु, उच्च रक्तचाप, मोटोपना पढ्नु लगायतका कारणले हर्टअट्याकको जोखिम हुन जान्छ । सुर्तिजन्य पदार्थको प्रयोग, धुम्रपान र अत्याधिक मदिरा सेवन, वंशाणुगत गुण, अस्वस्थ्यकर खानपान, मानसिक तनाव आदीका कारण हर्टअट्याकको जोखिम हुने चिकित्सकहरु बताउँछन् । जोखिम भएपनि हार्ट अट्याकबाट बच्ने उपायहरु नभएका होइनन् । त्यसका लागि उच्च रक्तचाप, मोटोपन र सुगरलाई नियन्त्रण गर्ने काम गर्नु पर्छ । त्यसका लागि दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने गर्दा मुटुलाई जोगाउन सकिन्छ । यस्तै छाती दुख्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ । तनावका कारण पनि मुटु सम्बन्धी समस्या देखिन जान्छ । त्यसैले तनावबाट मुक्त रहने गर्नुहोस् र बेलाबेलामा मुटुको परीक्षण गराउने गर्नुहोस् ।
जाडोमा हृदयाघातको जोखिम बढी,कसरी बच्ने ?
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।