।। भारतको महाराष्ट्र राज्यको १८ औं मुख्यमन्त्रीको रुपमा उद्धव ठाकरेले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ । झन्डै एक महिनादेखि जारी महाराष्ट्रको राजनीतिक खिचातानीपछि ठाकरे मुख्यमन्त्री बन्ने तय भएको हो । यसअघि भारतीय जनता पार्टीका देवेन्द्र फडणविसले एनसीपीका अजित पवारसँग सरकार बनाउने भन्दै मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । तर, एनसीपीका अध्यक्ष शरद पवारले आफ्नो पार्टीको समर्थन नरहेको भन्दै शिवशेना र कांग्रेससँग सरकार बनाउने भएपछि फडणविसले ४ दिन पहिले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभयो । महाराष्ट्रको ठूलो शक्तिको रुपमा रहेको शिवसेनाबाट निर्वाचित ठाकरे बाला साहेब ठाकेराका छोरा हुनुहुन्छ । कांग्रेस र एनसीपीसँग मिलेर सरकार बनाउन लाग्नुभएका ठाकरेसँगै आज ६ जना मन्त्रीले पनि शपथ ग्रहण गर्नेछन् । भारतीय समय अनुसार साँझ ६ बजेर ४० मिनेट उहाँले शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here