काठमाडौं ।। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन नेपाल आएको माल्दिभ्सले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा माल्दिभ्सले आज नेपालको ‘ए’ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो । सागमा सहभागिता जनाउन माल्दिभ्सको टोली मंगलबार नै नेपाल आईसकेको छ । नेपाल र माल्दिभ्सबीचको खेल अहिले बिहान ९ बजेबाट सुरु हुनेछ । नेपाल ‘ए’ शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ । त्रिवि क्रिकेट मैदानमा हुने सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । पाँच टिम रहेको कारण नेपालले पदक जित्ने सम्भावना बढी रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here