काठमाडौं ।। सरकार र निजी मेडिकल कलेजबीच सहमति जुटेसँगै आजबाट निजी मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ता हुने भएको छ । हिजो मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालक बीचको बैठकले दुई बुँदे सहमति गरेसँगै अतिरिक्त शुल्क फिर्ता हुने भएको हो । सहमतिअनुसार मेडिकल कलेजले शैक्षिक सत्र २०७४÷०७५ र २०७५÷०७६ को हकमा आजबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् । त्यस्तै २०७२÷०७३ र २०७३÷०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । २०७६÷०७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने भनिएको छ । त्यस्तै, २०७७÷०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ । त्यसअघि हिजो गृहमन्त्रालयमा भएको बैठकमा शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउने निष्कर्ष निकालेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here