काठमाडौं ।। मंसिर १४ गते हुने उपनिर्वाचनमा मत आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् । आज दलहरुले अन्तिम कार्यक्रम गर्दैछन् । उप निर्वाचनका लागि आज रातिदेखि मौन अवधी सुरु हुँदैछ । उपनिर्वाचनमा १ सय १ दलले भाग लिंदैछन् । प्रतिनिधी सभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका गरी ३७ जिल्लाको ५२ स्थानमा १४ मंसिरमा उप निर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य ९५ र स्थानीय तहमा ७८ उम्मेद्वारले चुनावमा भाग लिएका छन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या चार लाख ५४ हजार १ सय १४ छ । मतदानका लागि दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएको छ । यसपटक आचारसंहिता उल्लघंनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।