file photo

रौतहट ।। रौतहट जिल्लामा कर्तव्य गरी हत्या भएको व्यक्तिको राजनिति रिसइवीले अज्ञात समूहले हत्या गरेको कीर्ते घटना मिति सृजना गरी सरकारलाइ झूठा विबरण पेश गरी शहीद घोषणा गराई क्षतिपूर्तिको रकम समेत बुझेको खुलासा भएको छ !

२०६० सह फाल्गुन पूर्णिमा तराई होलीको भोली पल्ट हत्या गरी अंडकोष सहित लिंग काटिएको अवस्थामा मसूरोको खेतमा मृत अवस्थामा फेला परेका रौतहट जिल्लाको साविक गाउ विकास समिति मुड़वालवा ९ हाल परिवर्तित राजदेवी नगरपालिका वड़ा नम्बर ७ बस्ने जग्गा महतो नुनियाको करीव २५ वर्षीय छोरा उमेश महतोलाइ २०६० साल चैत्र महीनामा अज्ञात समूहले हत्या गरेको भन्दै झूठा विबरण देखाएर सरकारको रकम ठगी गरेको हो ! तराई होलीको विहानै मृत अवस्थामा फालिएको महतोको शव बरामद भए पछि निजका दाई गाउ कै व्यक्तिहरुले हत्या गरेको भन्दै ७ जना माथि कीटाणी जाहेरी दरखास्त दर्ता गराएका थिए !

वर्त्तमान राजदेवी नगरपालिकाका नगर प्रमुख एवं ब्रह्मपुरी निवासी धीरेन्द्र कुमार सिंह , गजिन्द्र सिंह मुड़वालावा वड़ा नम्बर १ निवासी अकलू भन्ने कृष्णा मोहन प्रसाद यादव ,संजीव कुमार यादव , शम्भू प्रसाद यादव , मनोज कुमार यादव , अखिलेश कुमार यादव , वड़ा नम्बर ६ निवासी राम रतन प्रसाद यादव , वड़ा नम्बर ७ निवासी गुंजेश्वरी प्रसाद यादवलाइ प्रतिवादी बनाई दिएको जाहेरी दरखास्तको आधारमा अकलू प्रसाद यादवलाइ प्रहरीले पक्राउ परी अनुसन्धानको कार्य शुरू गरी अनुसन्धान सकिए पछि २०६१ साल बैशाख ६ गते रौतहट जिल्ला अदालतमा मुदा दायर भएको अभिलेखबाट पुष्टि भैरहेको छ ! मृतकको दाई पनीलाल महतोको जाहेरीले बादी श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा अकलू भन्ने कृष्ण मोहन यादवलाई थुनामा राखी मुद्दाको पुरपक्ष गर्नु भनी जिल्ला अदालतले आदेश दिएपछि यादव कारागार चलान भएको थियो ! पछि धीरेन्द्र सिंह , संजीव यादव पक्राउ परी कारागार चलान भएको थियो !

शुरू मुद्दाको दर्ता नम्बर ८० रहेको थियो ! मुदाको कार्यवाही अगाडी बढ्दै २०६२ साल आषाढ़ २७ गते फैसला भएपछि २०६२ साल भद्रा २० गते पुनराबेदन परेको सो मुदामा सम्मानित सर्वोच्च अदालतबाट प्रतिवादीहरु सफाई पाएको थियो ! बिस्तृत शांति समझौता पत्र भए पछि माओवादी जनयुद्धमा मारिएका र विस्थापित भएका परिवारहरुको तथ्यांक संकलन गर्ने कार्य राज्य पक्ष बाट शुरू गर्दा मृतकका जेठो दाई हरिवंश महतोले शान्ति तथा पुर्नस्थापना मंत्रालयमा भाई उमेश महतो लाइ माओवादी कार्यकर्त्ता भएकोले राजनितिक आड़मा अज्ञात समूहले २०६० बैशाख १ गतेमा हत्या गरेकोले राज्य द्वारा शहीद घोषणा गरी क्षतिपूर्ति उपलब्ध गराई पाउ भनी निवेदन दिदा जिल्लाबाट शहीद घोषणा हुनु पर्ने गरिएको सिफारिशको आधारमा महतो लाइ शहीद घोषणा गरी पहिलो पटक क्षतिपुर्तिको रकम निकासा हुदा प्रतिवादीहरुले जिल्ला प्रसाशन कार्यालयमा निबेदन दिएपछि सो रकम तत्कालीन प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर प्रसाद सिन्हाले रद गरी सम्वन्धित मंत्रालयमा पत्र पठाएको रामरतन प्रसाद यादवले बताएका छन !

हरिवंश महतोले उमेश महतोको श्रीमती हुदा हुदै पनि पेश गरेको विबरणमा श्रीमती नभएको झूठो विबरण प्रस्तुत गरेको मंत्रालयको तथ्यंका पुस्टि भैरहेको छ ! उमेश महतोको २०६० साल चैत्र १५ मा मृत्यु भएको २०६५ साल चैत्र ३१ गतेमा मृत्यु दर्ता प्रमाण पत्र बनाएर पेश गरिएको छ ! राजदेवी नगरपालिका वड़ा नम्बर ७ को कार्यालयले दिएको नाता प्रमाणित र शान्ति मंत्रायलयको विबरण अनुसार २०७६ साल आषाढ़ १५ गते का दिन ५ लाख रकम चेक मार्फत मृतक उमेश महतोको आमा श्रीपति देवी महतोलाइ दिइएको जिल्ला प्रसाशन कार्यालय रौतहटका लेखपाल संजय झा ले बताएका छन ! उनले यसको विबाद बारेमा थाहा नभएको र पहिला पनि २ पटक गरी २ लाख रुपैया खातामा गएको बैंक स्टेटमेंट बाट देखिएकोले सो रकम खातामा पठाएको लेखपाल झा ले बताए !

नेपाल सरकारलाइ झुक्याएर एउटै व्यक्तिको फरक फरक मितिमा मृत्यु भएको भनी झूठा विबरण देखाएर रकम ठगी गर्नेलाइ सरकारले कार्यवाही गरिनु पर्ने निर्दोषमा आरोपित बनाइएका प्रतिवादीहरुले मांग गरेका छन ! नगर प्रमुख सिंहले क़ानूनी कार्यवाहीको लागि उजुरी दिने बताएका छन ! प्रमुख जिल्ला अधिकारी किरण थापाले यस विषयमा विस्तृत रुपमा छानविन गर्ने र दोषीलाइ क़ानूनी दायरामा ल्याउने बताएका छन ! कर्तव्य गरी हत्या भएका महतोको नाउ मौलापुर बाजारमा बनाइएको शहीद स्मारकमा पनि माओवादी शहीदहरुको लिस्टमा नाम लेखिएको छ !

एउटै व्यक्ति एक वर्षमै तीन पटक जीवित भएको यो घटना नेपाल मै सवै लाइ अचंबित बनाउने खालको रहेको छ ! पहिलो पटक मर्दा ७ जनालाइ आरोपित बनाइएको थियो भने दोस्रो पटक मर्दा शहीद घोषणा भएको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here