रौतहट ।। खानेपानि सरसफाइ तथा स्वच्छता सम्बन्धि सचेतिकरण, उत्प्रेरितिकरण गर्नुको साथै सरसफाइ तथा स्वच्छता सम्बन्धि आनिबानीमा समुदायमा परिवर्तन गराउनको लागि पुर्ण सरसफाइ सम्बन्धि प्रशिक्षकहरुलाई प्रशिक्षण तालिम दिईएको छ । रौहहतको चन्द्रपुरमा रहेको गौतम होटलमा ३ (तीन) दिने पुर्ण सरसफाइ सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
सामुदायिक शक्तिका कार्यकारी निर्देशक मिथिलेश झाको अध्यक्षतामा सम्पन्न तिन दिने प्रशिक्षण तालिममा बौद्धिमाई नगरपालिकाका मेयर राजिब रंजन यादब प्रमुख अतिथि रहनु भएका थिए ।
यूएन हैबीटैटको सहयोगत तथा सामुदायिक शक्ति रौतहटद्वारा संचालित पूर्ण सरसफाइ कार्यक्रम रौतहटमा तीन वटा स्थानिय तह बौद्धिमाई, मौलापुर तथा फतुआविजयपुर नगरपालिकामा संचालनमा रहेको सामुदायिक शक्तिका कार्यकारी निर्देशक मिथिलेश झा बताउनु भएको छ ।
युएन हैवीटैटको दिपेन्द्र ठाकुर समेतको उपश्थिति रहेको उक्त तालिममा तीन वटै पालिका बौद्धिमाई, मौलापुर तथा फतुआविजयपुर नगरपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता फोकल व्यक्ति, यस परियोजनाको कर्मचारी लगायत २५ जना सहभागिता रहेको कार्यक्रम संयोजक बालकृष्ण झाले बताए ।

यस परियोजनाको मुख्य उद्देश्य सहभागिहरुको क्षमताविकास गर्नु तथा कार्यक्रम लागू भएका नगरपालिका तथा वार्डहरुमा समुदायको परिचालनको माध्यमले खानेपानि सरसफाइ तथा स्वच्छता सम्बन्धि सचेतिकरण, उत्प्रेरितिकरण गर्नुको साथै सरसफाइ तथा स्वच्छता सम्बन्धि आनिबानीमा परिवर्तनगर्नु लगायत फोहरमैला व्यवस्थित तरिकाले व्यवस्थापन गरि सफा र स्वच्छ क्षेत्र बनाउनु रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here