काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उनकाे उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचारमा डा. अरूण सायमी नेतृत्वको टोली खटिएको छ । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो “एपेन्डिक्सको अपरेशन गरिएको हो,” उनले पत्रकारहरुसँग केहीबेरअघि कुरा गर्दै भने, “प्रधानमन्त्रीको सफल उपचार हुँदैछ । उहाँ अझै केही दिन अस्पतालमै बस्नुहुनेछ । हाम्रो चाहना पनि प्रधानमन्त्री भित्रि मनदेखि तयार भएपछि जानुहुन्छ । हामीले २–३ दिन भिजिटरलाई भेट्न दिँदैनौं ।”प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक सायमीका अनुसार प्रधानमन्त्री खतरामुक्त छन् । प्रधानमन्त्रीलाई अहिले आईसीयूमा राखिएको डा. सायमीले बताए । श्रोत ः बाह्रखरी
अपरेशनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर ,केही दिन अस्पतालमै रहने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।