काठमाडौं ।। सरकारले तोकिएभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजका सञ्चालकलाई ठगी मुद्दा चलाउने चेतावनी दिएपछि उनीहरूले आज छलफल गरेर उपयुक्त प्रस्ताव पेस गर्ने भएका छन् । मेडिकल कलेजले आजसम्ममा रकम फिर्ता नगरे गृहन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । बढी लिइएको शुल्क फिर्ता वा समायोजन गर्ने बारेमा सरकारलाई औपचारिक प्रस्ताव गर्न निजी मेडिकल कलेज सञ्चालकरूको बैठक आज बस्दैछ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको हिजो बसेको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क २४ घण्टाभित्र फिर्ता गर्न समय दिएको छ । दिइएको समयभित्रमा कुनै निर्णय वा प्रक्रिया सुरु नभए कारबाहीका लागि सञ्चालकहरूलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सीआईएनसँग बताउनुभयो । यसअघि गत असोज र कात्तिकमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गरेको थियो ।

Previous articleसागको टिकट दर निर्धारण
Next articleआज देशभर मौसम बदली
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here