काठमाडौं ।। सरकारले तोकिएभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजका सञ्चालकलाई ठगी मुद्दा चलाउने चेतावनी दिएपछि उनीहरूले आज छलफल गरेर उपयुक्त प्रस्ताव पेस गर्ने भएका छन् । मेडिकल कलेजले आजसम्ममा रकम फिर्ता नगरे गृहन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । बढी लिइएको शुल्क फिर्ता वा समायोजन गर्ने बारेमा सरकारलाई औपचारिक प्रस्ताव गर्न निजी मेडिकल कलेज सञ्चालकरूको बैठक आज बस्दैछ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको हिजो बसेको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क २४ घण्टाभित्र फिर्ता गर्न समय दिएको छ । दिइएको समयभित्रमा कुनै निर्णय वा प्रक्रिया सुरु नभए कारबाहीका लागि सञ्चालकहरूलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सीआईएनसँग बताउनुभयो । यसअघि गत असोज र कात्तिकमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीसागको टिकट दर निर्धारण
यसपछिको सामग्रीआज देशभर मौसम बदली
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here