काठमाडौं ।। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ । परिषदले सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ, भलिबल र बास्केटबलको टिकट मूल्य ५ सय र क्रिकेटको टिकट मूल्य २ सय देखि ५ सयसम्म निर्धारण गरेको छ । समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मूल्य राख्ने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।