काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडी र पदाधिारीका लागि आज विशेष सम्वोधन गर्नुहुने भएको छ । बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडी, खेल पदाधिकारीका लागि सुविधासहितको कार्यक्रम घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले सीआईएनलाई जानकारी दिनुभयो । यही मंसिर १५ बाट काठमाडौं, पोखरा र जनकपुरमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुँदैछ । सागमा सहभागी हुने खेलाडी तथा पदाधिकारीलाई पाँच लाख रुपैयाँको दुर्घटना बीमाको पनि घोषणा हुनेछ । त्यसका लागि आईएमई बीमाले सहमति जनाएको सदस्य सचिव सिलवालले बताउनुभयो । कार्यक्रममा बङ्गलादेशमा हालै भएको एभीसी मध्य क्षत्रीय महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय महिला बलिबल टोलीका सदस्यलाई सम्मान र पुरस्कार पनि वितरण गरिने राखेपले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here