दाङ ।। तुलसीपुरको कारगारमा एक महिला कैदीबन्दीले कारागारमै बच्चालाई जन्म दिएकी छिन् । बहुविवाह मुद्दामा कैद भुक्तानी गरिरहेकी बबई गाउँपालिका–३ का रिमा घर्तीले कारमगारमै बच्चालाई जन्म दिएको निमित्त जेलर जोखिम वलीले जानकारी दिनुभयो । घर्तीले आइतबार हिजो राप्ती प्रादेशिक अस्पतालमा छोरीलाई जन्म दिएको जेलर वलीले जानकारी दिनुभयो । रिमाले २०७७ असारसम्म कैद भुक्तानी गर्नुपर्ने समयावधि रहेको निमित्त जेलर वलीले बताउनुभयो । कारगारमै बच्चालाई जन्म दिएपछि जनप्रतिनिधिको रोहबरमा २ महिनालाई विदा दिने तयारी भएको उहाँले बताउनुभयो । रिमाका श्रीमान बहु विवाहकै मुद्दामा घोराही कारागारमा रहेका छन् । तुलसीपुरको कारागारमा अहिले ३४ जना महिला, २ जना आश्रित बच्चासहित ४ सय ६४ जना कैदीबन्दी रहेका छन् । तुलसीपुर कारगारमा ७ वर्षको अवधिमा ४ महिलाले कारगारमै बच्चालाई जन्म दिएका छन् । चिकित्सकका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here