बाँके ।। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ मा रहेको जनता आधारभूत विद्यालयका अति विपन्न विद्यार्थीलाई नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघले जुत्ता, चप्पल र म्याट सहयोग गरेको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको पहलमा नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले एकसय ३२ जोर कपडाको कालो जुत्ता र मोजाका साथै एकसय २० जोर चप्पल सहयोग गरेका छन् । संघले सदस्य एमपि पोखरेलको संयोजकत्वमा दुई सय ५२ जोर जुत्ताचप्पल संकलन गरेको थियो । त्यसैगरी, शनिबार जितपुर बाराको रारा चप्पल उद्योगले वीरगन्जका पत्रकार ओमप्रकाश खनालमार्फत् एकसय ४४ जोर चप्पल विद्यालयमा पठाएको छ । सञ्चारमाध्यममा आएको समाचार पछि सहयोगीहरुले विद्यार्थीलाई जुत्ताचप्पल सहयोग प्रदान गरेका हुन् । नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको पहलमा यसअघि पनि जेष्ठ नागरिकका लागि निलसागर बृद्ध आश्रममा सहयोग प्रदान गरिएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।