पर्वत ।। पछिल्लो दशक मुलुकभरका गाउँ डोजरले छियाछिया परेका छन् । डाँडा–डाँडाका गाउँबस्तीमा छरिएका घरघरै सडक पु¥याउन डोजरले खन्दा थर्किएका जमिन पहिरोको चपेटमा परेका छन् । तर, पर्वतको एउटा गाउँमा भने डोजरलाई निषेध गरिएको छ । पैयुँ गाउँपालिका १ टकलाकमा स्थानीय तहको निर्वाचनपछि कुनै पनि सडक र विकासका काममा डोजर प्रयोग गरिएको छैन । ०७४ साउनयता गाउँमा डोजर निषेध गरिएको हो । वडाध्यक्षसहितका जनप्रतिनिधिले गाउँकै युवालाई काममा लगाउन सहमतिमै डोजर ल्याउन नदिएका हुन् । टकलाकमा सडक मर्मत, नाली निर्माण, सिँचाई कुलो, खानेपानी, सरकारी र सामुदायिक भवन निर्माण आदि सबै काममा स्थानीय युवा खट्ने गरेका छन् । गाउँका बेरोजगार युवाको सीप निर्धारण गरेर सोहीअनुसारको काममा लगाउने गरिएको वडाध्यक्ष पिताम्बर भुषालले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here