बिरगञ्ज ।। छठ पर्वमा ब्रतालुहरुलाई पुजा गर्न सजिलो होस् भनी सफा र प्रदूषण मुक्त गरिएको बिरगञ्जको सिर्सिया नदी छठ पर्व सकिएपछि फेरि प्रदुषित र दुर्गन्धित हुँदै गएको छ  । स्थानीय प्रशासन र महानगरपालिकाको निर्देशनमा उद्योगको रसायनयुक्त प्रदुषित पानी र फोहोर फाल्न रोक लगाए पनि अहिले फेरि सिर्सिया नदीमा प्रदुषित फोहोर पानी फाल्न थालेपछि स्थानिय चिन्तित भएका छन् । छठ पर्वको बेला सिर्सिया नदीलाइ सफा र प्रदूषण मुक्त गरिएको थियो । तर छठ पर्ब सकिएलगत्तै फेरि नदीमा फोहोर मिसाउने क्रम सुरु भएको छ । सिर्सिया नदीको दुर्घन्धले सास फेर्न समेत गाह्रो भइसकेको स्थानीय कलामत मियाँले बताउनुभयो । सिर्सिया नदीमा वर्षौंदेखि बिरगञ्जका कारखानाबाट निस्किने फोहर पानी फालिंदै आईएको छ । सिर्सिया नदीको संरक्षण र स्वच्छताको लागि सिर्सिया नदी बचाउ अभियान पनि संचालन गरिएको छ । अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले बिरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताउनुभयो । पर्सामा रहेका हिमालयन फुड्स, अरनिको प्रोसेसिङ्ग, एपेक्स फर्मासिटिकल, हिमालयन लेदर, राजहंस तेल, ज्याति स्पेनिङ्ग लगायत एक दर्जन भन्दा बढी उद्योगहरुले आफनो कारखानाबाट निस्कने रसायनयुक्त प्रदुषित पानी र फोहोर सिर्सिया नदीमै फाल्ने गरेका छन् । यो समस्याको समाधान गर्न कारखानाहरुलाई आग्रह गरिरहेको र्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भनाई छ । छठको समयमा नदीमा प्रदूषण हुनबाट बचाउन रोक लगाउन प्रहरीले पनि कडाइका काम गरेको थियो । तर अहिले अनुगमन कम भएको छ । प्रहरीको कडाइ कम भएसंगै नदीमा प्रदूषण पनि बढेको छ । सिर्सिया नदिमा हुने प्रदुषणलाई रोक्न स्थानीय वडा अध्यक्षलाई जिम्मा दिने र भनेको नमानी अटेर गर्नेलाई पत्र काटेर कारवाही गरिने वीरगञ्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावर्गी ले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here