डडेलधुरा ।। बालबालिकाको स्वास्थ्य समस्या पहिचान र उपचारका लागि डडेलधुरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न थालिएको छ । अमरगढी नगरपालिकाका ६ वटा वडाका सामुदायिक बिद्यालयमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण भएपछि स्वास्थ्य शिक्षामा बिद्यार्थी जिम्मेबार हुने, स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने विषय र समस्याको पहिचान विद्यार्थीबाटै पत्ता लगाउन सजिलो हुने अपेक्षा गरिएको छ । यो अभियान स्वास्थ्यलाई विद्यार्र्थीको चासोको विषय बनाउन सकिने स्वास्थ्य शाखाका उप–संयोजक गणेश बिष्ट बताउनुहुन्छ । अभियान अन्तर्गत अमरगढी नगरपालिकाका ६ वटा वडाका सामुदायिक बिद्यालयमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण हुने छन् । त्यहाँ विद्यार्थीको उपचार मात्रै हुने छैन, विद्यार्थीले नै बिभिन्न सरसफाइ अभियानको नेतृत्व पनि गर्ने शिक्षा शाखा प्रमुख हेमन्त पन्त बताउनुभयो । सन् २०३० सम्ममा ५ वर्ष मुनिका रक्षा गर्न सकिने नवजात शिशु तथा बाल मृत्युको अन्त्य गर्ने लक्ष्य दिगो विकासमा लिइएको छ । ५ वर्ष भन्दा मुनिका बालमृत्यु दरलाई कम्तीमा २५ मा सीमित राख्ने सरकारको लक्ष्य पूरा गर्न पनि यो अभियानले सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ । अमरगढी नगरपालिमा बिद्यार्थीको संख्या ४ हजार छ । बालबालिकाको मात्र नभई घरपरिवार र समाजको सरसफाइमा पनि यो अभियानले सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here