अछाम ।। अछामको साँफेबगर नगरपालिका ४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा महिनावारी भएका बेला विद्यालय नआउने छात्राहरु अचेल नियमित विद्यालय आउन थालेका छन् । विद्यालयले महिनावारी भएका छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराउन थालेपछि त्यसको सकारात्मक प्रभाव देखिएको हो । महिनावारी भएका विद्यालयले प्याड उपलब्ध गराउन थालेसँगै छात्रा अस्मिता कुँवरलाई नियमित विद्यालय आउन कुनै समस्या छैन । विद्यालयमा छात्रामैत्री शौचालय मात्रै बनेको छैन, प्रयोग भएको प्याड बिसर्जन गर्ने ठाउँपनि छ । विद्यालयमा किशोरी मैत्री वातावरण बनेपछि विद्यार्थीहरु खुशी छन् । उनिहरुले महिनावारीको विषय राम्रोसँग बुझेका छन् । जसका कारण महिनावारी भएका बेला विद्यालय आउन र खुलेर हिंड्न कुनै समस्या नभएको उनिहरुको भनाई छ । विद्यालयले छात्राहरुको आवश्यकता अनुसार प्याड उपलध गराउने प्रयास गरेको जनकल्या माध्यामिक विद्यालयका प्रधानाध्यापक भिम बहादुर बुढाले बताउनुभयो । पहिले छात्राहरु महिनाबारी भएका बेला विद्यालय नआउने गरेको र आफूहरुले सबै निकायसँग समन्वय गरी छात्रामैत्री शौचालयको व्यवस्था गरेको जनकल्या माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शिलोज कुँवरले बताउनुभयो । पछिल्लो समय विद्यालयको पढाईएको गुणस्तर समेत बढेको उहाँको भनाई छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयका छात्रालाई निशुल्क रुपमा प्याड वितरण गर्ने घोषणा गरेको छ । सोही घोषणा अनुसार अछाममा सामुदायिक विद्यालयमा छात्राहरुले महिनावारीको समयमा प्याड निशुल्क रुपमा पाउन थालेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here