काठमाडौं ।। सरकारले चालु आर्थिक वर्षको अन्तिम सम्ममा थप १२ नाकामा विषादी परीक्षणका लागि ल्याब स्थापना गर्ने तयारी थालेको छ । भारत र चीनबाट नेपाल भित्रिने फलफूल र तरकारीमा विषादी परीक्षण गर्नको लागि दुवै देशलाई जोड्ने नाकामा ल्याब स्थापना गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको हो । भारत र नेपालको नाकामा नौ वटा उपकरण राखिने छ भने चीन र नेपालको नाकामा तीनवटा उपकरण राखिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सीआईएनसँग बताउनुभयो । ल्याबमा राखिने उपकरणले हाल सञ्चालनमा भएका ल्याबले जस्तै अग्र्यानोफस्फेट र कार्बोनेटमा रहेको अवशेषको मात्रा जाँच गर्नेछ । सरकारले विषादी परीक्षण पास नभएका तरकारी भारतबाट आयात गर्न नपाउने नीति बनाएपछि काम अघि बढेको विभागले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here