फाइल फोटो

सिन्धुपाल्चोक ।। अध्ययन गरिरहेका प्राय युवाहरुको एउटै सपना हुने गर्दछ, विदेश जाने ! तर हेलम्बू गाउँपालिका–४ गैटारका स्थानीय युवामा भने विदेशीने सपना छैन । छ त आफ्नै गाउँघरमा नै केही नयाँ काम गर्ने, स्वदेशमा नै समृद्धी खोज्ने । त्यही समृद्धीको खोजीमा गैटारका १३ जना युवा उत्साही भएर लागिरहेका छन् । विग एग्रिकल्चर प्रालिमार्फत् युवाहरुले सिन्धुपाल्चोकको हेलम्बूमा बहुउद्देश्य एकीकृत कृषि परियोजना सञ्चालन गरेका छन् । मुख्यगरी बाँझो रहेको खाली जमीनको सदुपयोग गरी सामुहिक खेती प्रणालीको शुरुवात गर्ने परियोजनाको उद्देश्य छ । सञ्चालक विनोद लामिछानेका अनुसार सबैलाई समेट्न सक्ने व्यवसायको रुपमा कुखुरापालन शुरु गरिएको छ । कुखुरापालन, बायोग्याँस, मल उत्पादन र अर्गानिक तरकारी उत्पादनको यो बहुउद्देश्यीय योजनाका लागि १३ युवाले साढे २ करोड रुपैंया लगानी गरेका छन् । सनराइज बैंकबाट डेढ करोड ऋण लिएका उनीहरुले नेपाल बैंकसँग सहुलीयतको ऋणका लागि अन्तिम प्रक्रिया अघि बढाएका छन् । पहिलो चरणमा जिल्लाको हेलम्बू गाउँपालिका वडा नं ४ बाट कार्यक्रम शुरु गरिएको छ । युवाहरुले लेयर्स कुखुरा पालनसँगै अर्गानिक च्याउ उत्पादन पनि गरिरहेका छन् । पूरै गाउँलाई व्यवासयमा जोड्ने र समृद्ध बनाउने उनीहरुको योजना छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here