काठमाडौं ।। हामी साथीभाई बहिनिहरुसँग जतिसुकै ठाँटिएर हिडौँ केहि हुदैन तर हाम्रो मुख गन्हाउँने बितिकै सबैजना हामीसँग तर्किछन् । साँस गनाउने मानिस प्राय गरि कसैले कुरा गर्न चाहदैन । यस्तो हुँदा उक्त वयक्तिको आत्मविश्वाश हराउछ ।
मानिसको स्वास गन्हाउँनुको पछाडि अनेकौँ कारण हुन् सक्छ । यसले कुनै ठुलो रोगको लक्षण समेत देखाउने गर्छ । मुख गन्हाउँनुको समस्यालाई हल्का ढंगले लिनु हुदैन् ।
हामीलाई आफनो मुख नियमित रुपमा सफा गर्दा गनाउने समस्या कम गर्दछ ।
दुर्गन्ध हटाउने केही उपायहरु ?
१ ग्रीन टी
ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।
२ बेस्सरी पानी पिउनुस्
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।
३ ल्वाङ र सूप
ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।
४ कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।
५ हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ ।
६ जिब्रो सफा गर्न नबिर्सने
जिब्रोमा बस्ने लेदोले समेत मुख गन्हाउने गरेको छ। जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दासमेत गनाउने समस्या कम हुन्छ।
७ दात माझने

राति सुतेर बिहान उठ्नेबित्तिकै अलिअलि मुख गन्हाउँनु सामान्य हो। यो गन्ध उपयुक्त प्रकारले ब्रस गर्दा जान्छ। मुखमा दुर्गन्ध उत्पन्न हुनुको कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा,थुक र खुन लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here