आज विश्व शौचालय दिवस मनाईँदैछ । शौचालय अनि यसको महत्वलाई सबैसामु उजागर गर्दै हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउने गरिन्छ । सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सरसफाईका श्रोत र सुविधाका साथ खेर जाने पानीलाई पूनःप्रयोग गर्ने स्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य छ । शौचालयको प्रयोगपछि नछुटाई गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुन चिकित्सकहरुको सुझाव छ । अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ । करिब १० जना मध्ये एकजना संसारका मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ । नेपालमा विस्तारै घरघरमा शौचालयको निर्माणसँगै खुलादिसामुक्त क्षेत्र जिल्ला घोषणा गर्नेक्रम पनि बढ्दै गएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here