काठमाडौं ।। राष्ट्रिय सहकारी विकास बोर्डले सहकारीमा आवद्ध हुनु अघि सजग हुन नागरिकलाई आग्रह गरेको छ । आधिकारिक र दर्ता भएका सहकारिबाट पनि ठगी हुने र सदस्यको पुँजी गलत ठाउँमा प्रयोग हुने जोखिम भएकाले कुनै पनि प्रलोभनमा नपरी सहकारीमा आवद्ध हुन बोर्डले सजग गराएको हो । अरुको आग्रहमा, सहकारीले दिने व्याज, उपहारको प्रलोभनमा परी सहकारीमा आवद्ध हुने ठगिमा परेकाले यो यसमा सहकारीमा आवद्ध हुने सदस्य गम्भीर हुनुपर्ने बोर्डका उपनिर्देशक जनकराज पौडेलले सीआइएनसँग बताउनुभयो । कुनै पनि व्यक्ति सहकारीमा आवद्ध हुँदा समुदायमा आधारित सहकारीमा आवद्ध हुन र सहकारिका विषयमा जानकारी हुन जरुरी रहेको उहाँले बताउनुभयो । कतिपय सहकारीले सदस्यलाई ठगि गर्ने र पुँजीको दुरुपयोग गर्ने भएकाले सहकारी आवद्ध हुने व्यक्तिले सहकारी शिक्षा लिएर मात्रै सहकारी आवद्ध हुन बोर्डले आग्रह गरेको छ । अहिले मुलुकभर ३५ हजार सहकारी छन् भने ति सहकारीमा ६३ लाख भन्दा बढी सदस्य आवद्ध छन् ।
सहकारीमा आवद्ध हुनु अघि सजग हुन नागरिकलाई आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।