काठमाडौं ।। भारत–पाकिस्तानको सीमामा रहेको उत्तरी सियाचिनमा हिमपहिरोमा ६ जनाको मृत्यु भएको छ । सियाचिनमा भारतीय सेनाले गस्ती गरिरहेको समयमा हिमपहिरो जाँदा ४ जना भारतीय सैनिक र २ जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले लेखेको छ । सर्वसाधारण त्यस क्षेत्रमा भारी बोक्ने काम गर्छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको युद्ध क्षेत्रको रुपमा सियाचिनलाई चिनिन्छ । काराकोरममा समुद्री सतहबाट २० हजार फिटको उचाईमा सियाचिन अवस्थित छ । सियाचिनको तापमान माइनस ६० डिग्री सेल्सियसभन्दा कम नै रहन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here