मुगु ।। मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका २ मा रहेको सीमा प्रहरी चौकी सारिएको छ । सीमा सुरक्षाका लागि राखिएको प्रहरी चौकी चिसो बढेसँगै बेशी पुलु प्रहरी चौकी र सदरमुकाम गमगढीमा सारिएको हो । नेपाल र चीनको सीमा नाकाबाट अवैध व्यापार आयात निर्यात नहोस् भन्ने उद्देश्यले राखिएको सीमा प्रहरी चौकी चिसो अत्याधिक बढेकाले मुगुम कार्मारोङ्ग गाउँपालिका ६ पुलुमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । बेशी झरेका प्रहरी अब वैशाख लागेपछि फर्कनेछन् । मुगुम कार्मारोङ्ग गाउँपालिकाको माथिल्लो क्षेत्रमा अत्यन्तै कठ्याङ्ग्रीने चिसो हुने भएकाले प्रहरी चिसोमा ६ महिना बेशी झर्ने र गर्मीमा ६ महिना माथि जाने गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here