तेह्रथुम ।। तेह्रथुमलाई सुरक्षित गर्भपतन जिल्ला बनाउने अभियानलाई सफल पार्न सरोकारवालाले आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले जिल्लालाई सुन्य असुरक्षित गर्भपतन जिल्ला घोषणा गर्ने अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । हालसम्म नेपालका कुनैपनि जिल्ला असुरक्षित गर्भपतनमुक्त हुन नसकेकाले तेह्रथुमलाई पहिलो र नमुना जिल्ला बनाउने प्रमुख ढुंगानाको भनाई छ । जिल्लामा असुरक्षित गर्भपतनको दरलाई शुन्यमा पु¥र्याउन यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुदृढिकरण साझेदारी परियोजना सञ्चालनमा छ । परियोजना सल्लाहकार समितिको छलफलका क्रममा समन्वय समितिका प्रमुख ढुंगानाले अभियानलाई सफल बनाउन तेह्रथुमबासी लागि पर्नुपर्ने बताउनुभयो । सल्लाहकार समितिले अभियानका गतिविधिलाई अझै सक्रिय रुपमा सन्चालन गर्ने, पूरा हुन बांकी सूचकहरुलाई क्रमशः पूरा गर्ने र शुन्य असुरक्षित गर्भपतन जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्लालाई ८ मार्च, सन् २०२० सम्म शुन्य असुरक्षित गर्भपतन जिल्ला बनाउने अभियान अघि बढिरहेको सम्मृद्ध तेह्रथुमका लागि अभियानका निर्देशक लक्ष्मीनारायण मिश्रले जानकारी दिन्ुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here