आर एन पटेल । गरुड़ा ।। रौतहट रौतहट जिल्ला बौद्धिमाई नगरपालिका अन्तर्गत पर्ने वड़ा नं.२ इनर्वाको श्री आधारभूत विद्यालय इनर्वा ‘क’ को पठन पाठनको क्रियाकलाप शून्य भएको छ ।

विद्यालयको प्रधानाध्यापक मनोज कुमार पटेल को लापरवाही को कारण विद्यालयको शैक्षिक अवस्था एकदमै शून्य भएको तथा बिग्रिएको विद्यालयका विद्यार्थिहरुले गुनासो गरेका छन। एक महिनामा जम्मा ४/५ दिन उपस्थित हुने प्र.अ. पटेल ले शैक्षिक सत्र २०७६ को ७ महीना बित्न लाग्दा पनि विद्यार्थिहरुलाई सबै बिषयका पुस्तकहरू उपलब्ध गराउन सकेका छैनन।

प्र.अ.निरन्तर विद्यालयमा उपस्थित नहुँदा तथा वहाको कमी-कमजोरीको कारण शिक्षकहरु पनि समयमा उपस्थित नहुँदा विद्यालयको शैक्षिक अवस्था खराब भएको विद्यार्थीहरूले बताएका छन।सामुदायिक विद्यालयलाई प्राइवेट स्कूल सरह जति बेला मन लाग्यो खोल्ने र जति बेला मन लाग्यो बन्द गर्ने प्र.अ.को प्रवित्तिले स्थानीय बासिहरु आफ्नो बालबालिकाले पाउने शिक्षा प्रति आपत्ति जनाएका छन।

बितेका केही महीना देखी १०बजे विद्यालय संचालन हुने हुँदा समयमा नहुनु र १ बजे को समयमा नै छुट्टी हुने विद्यालयको यस प्रवित्तिलाई प्र.अ.ले बढ़ावा दिएको कारण बालबालिकाले पाउने शिक्षा सहज नभई निकै कठिनाई पूर्वक बितिरहेको अभिभावकहरुले बताएका छन।विद्यार्थीहरुले ७ महिनादेखि कमी भएको पुस्तक पटक पटक माग गर्दा भोली पर्सी गरेर प्र. अ. ले समय टालेको आरोप लगाएका छन।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here