काठमाडौं ।। सरकारले मनाउँदै गरेको भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘visit Nepal Year 2020’ को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा ‘Pulsar The Next Destination’ नामक पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ । ‘Visit Nepal Year 2020’ को सचिवालयमा पत्रकार सम्मेलन मार्फत् उक्त जानकारी दिईएको हो । कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजन मार्फत् प्रसारण हुने छ । कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालको प्रचारप्रसारमा सचिवालय अग्रसर रहेको पनि बताउनुभयो । द होराईजन मल्टि मिडिया प्रा.लि.,तथा ‘Visit Nepal Year 2020’ को सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टि मिडिया प्रा लि का अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिनुभयो । नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य छ । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, साँस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाइएको छ । प्राकृतिक सुन्दरतासँगै सामाजमा लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमका निर्देशक धितालले बताउनुभयो । कार्यक्रम नेपाली भाषासहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत ‘ Subtitle’ गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ ।
भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘ट्राभल सो’ निर्माण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।