नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं.-२ सुखौरामा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले स्थलगत अनुगमन तथा जनसम्पर्क गर्नु भएको छ ।

संसदीय विकास कोषको रकम विनियोजन भएको योजनाको स्थलगत एक किलोमिटर भन्दा वढी पैदल हिडेर अवलोकन गर्नुभएका थिए । संसदीय क्षेत्रमा रहेको भित्र रहेको सबै भन्दा दुर्गम क्षेत्र सुखौरामा बिहीबार भेटघाट तथा स्थलगत अनुगमन गर्न पुग्नु भएका पू्र्व मन्त्री त्रिपाठीलाई गाउबासी बाटोमै पुगि फुलमाला अबिरका साथ भव्य स्वागत गरेका थिए ।

संसदीय क्षेत्रको सबै भन्दा दुर्गम रहेको हुनाले संसदीय बिकास कोषको एक करोड रकम विनियोजन गरको त्रिपाठीले बताउनुभयो । साथै अावश्यक पर्यो भने थप रकम व्यवस्था गर्ने स्थानीयलाई प्रतिबद्धता गर्नुभयो । यहि बर्ष देखि सुखौरामा सडक स्तरोन्नतिका लागि हालेको एक करोड रकम त्रिपाठीले बताउन बित्तिकै स्थानीय बासीहरुमा खुशियाली छायेको थियो ।

एक सय बीस घरधुरी रहेका सुखौरामा प्राथमिक विद्यालय मात्रै रहेकोले माथिल्लो कक्षामा पढनका लागि गाउँबाट तीन किलोमिटर भन्दा बढी टाढा रहेको झर्गाहा पैदल हिडेर जानुपर्ने अवस्था रहेकोले बालबालिकालाई जंगली जनावरबाट तथा अपहरण हुने समस्या त्रिपाठीलाई सुनाउदै विद्यार्थीहरुलाई सुरक्षित र समयमा आवतजावत गर्नका लागि स्थानीयले बसको माग गरेका थिए ।

बाटोको समस्या खेप्दै आएका गाउबासी पहिला बर्दघाटबाट पश्चिमी व्यवसायी बस चल्थयो पछि खोला बगेपछि बस आउन छोडेको स्थानीय देवान गुरुङले बताएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here