ताप्लेजुङ ।। कञ्चनजङ्घा हिमाल पुग्नेको सङ्ख्या पछिल्लो वर्ष बढ्दै गएको छ । हिमाल पुग्ने पदमार्ग र आसपासका बस्तीहरु युरोप, अमेरिका र एसियाका विभिन्न देशबाट आएका पर्यटकले भरिभराउ हुन थालेका छन् । असोज र कार्तिक अनि चैत र बैशाख महिना आधार शिविर जानेहरुका लागि उपयुक्त सिजन हो । गतवर्ष ८ सय ६ जना पर्यटकले कञ्चनजङ्घा हिमालको आधार शिविर भ्रमण गरेकोमा यस वर्षको पहिलो सिजनमै एकहजार हाराहारी पर्यटक आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । अहिले सिजन भएकाले यस क्षेत्रका होटल भरिभराउ छन् । पर्यटक बढ्ने क्रममा रहेको घुन्साका पर्यटन व्यावसायी हिमाली चुङ्दाले बताउनुभयो । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि ८ दिनको क्याम्पमा आधार शिविर पुग्न सकिन्छ । प्रत्येक क्याम्पमा सुविधा सम्पन्न होटलहरु खुल्दैछन् । होटल व्यवसायी पनि पर्यटकमैत्री बन्दै गएका छन् । होटल व्यवस्थित तथा सफा बनाइएका छन् । पर्यटकलाई सुविधा र उनीहरुको रुची अनुरुपको व्यवहार गर्ने गरेको ग्याब्लाका व्यवसायी दावा चुङ्दा शेर्पाको भनाइ छ । कञ्चनजङ्घासँगै कुम्भकर्ण, नेपाल पिकलगायत हिमाल र लेकाली फाँटमा विदेशी रमाएको देखिन्छ । यो दुई आधार शिविरबाट दुवैतर्फ हेर्न सकिने नेपालको एकमात्र हिमाल हो । दुवै आधार शिविरको प्रवेशद्धार घुन्सा बजार हो । पर्यटक, उत्तरी आधार शिविरबाट घुन्सा झरेर फेरि दक्षिणी आधार शिविर जान्छन् । हिमाल दक्षिणबाट चढिन्छ । उत्तरतर्फ घुम्ने ठाउँ धेरै छन् । रोयल माउन्टेन ट्रेकिङ कम्पनीका राजु अधिकारी पर्यटकका लागि कञ्चनजङ्गा निकै सुन्दर ठाउँ भएको र धेरै रुचाइरहेका बताउनुहन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विभिन्न दातृ निकायसँगको सहकार्यमा पदमार्गलाई थप व्यवस्थित बनाउने काम गरिहेको छ । तर, पनि बजेट अभावका कारण पर्याप्त काम गर्न नसकेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बोले बताउनुभयो । सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको दिगो विकासको लक्ष्यमा गरिबीको अन्त्यका लागि समावेशी र फराकिलो र दिगो आर्थिक वृद्धि गर्ने उल्लेख छ । साथै आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्राउने तयारी छ । यो लक्ष्य हासिल गर्न पनि यस्ता गन्तब्यको उचित प्रचार र प्रवद्र्धन गर्न जरुरी छ ।
कञ्चनजङ्गा हिमाल पुग्ने पर्यटक बढ्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।