।। शिक्षकको अभाव पूर्ति गर्न र शिक्षाको गुणस्तर विकास गर्न भन्दै चितवनको खैरहनी नगरपालिकाले युवा स्वयंसेवक शिक्षक नियुक्ति गर्न सुरु गरेको छ । कुनै पनि विद्यालयमा शिक्षक नभएकै कारण पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षबाट स्वयंसेवक शिक्षक नियुक्त गर्न सुरु गरेको नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले सीआईएनसँग बताउनुभयो । नगरकार्यपालिकाको बैठकको निर्णय र कार्यविधि अनुसार नै शिक्षक नियुक्त गर्न थालिएकाले पारदर्शी तथा विवादरहित हुने पनि उहाँको दावी छ । आधारभूत र माध्यमिक तहमा सूचीकृत भएका स्थानीय युवाले स्वयंसेवक शिक्षक हुन पाउनेछन् । स्थानीय विस्मिता तामाङसँग नगरपालिकाले पहिलो पटक आधारभूत स्वयंसेवक शिक्षक नियुक्तिको सम्झौता गरेको छ । सीआईएनसँग कुराकानी गर्दै तामाङ्ले आफैंले अध्ययन गरेको विद्यालयमा पढाउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले आधारभूत तहमा दश हजार र माध्यमिक तह भएमा मासिक १५ हजार यातायात खर्चका रुपमा भुक्तानी गर्नेछ । नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयका लागि पहिलो चरणमा आधारभूत तहमा १४ र माध्यमिक तहमा ६ जना युवाले स्वयंसेवक शिक्षक हुन पाउँ भनी निवेदन दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here