सिन्धुपाल्चोक ।। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ८ मा पाँच पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपालबाट रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको भव्यताको साथ उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको क्रममा सिन्धुपाल्चोकका उच्च तहको नेताहरूको उपस्थित भएका थिए । मनोनयन दर्ता कार्यक्रममा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वसांसद सुवास कर्माचार्य नेकपाको जिल्ला अध्यक्ष झम्क नेपाललगायतको नेता कार्यकताको बाक्लो उपस्थिति रहेको थियो। त्यस्तै, नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत, कांग्रेस सभापति विकास लामालगायतको नेता कार्यकर्ता उपस्थित भए । स्थानीय तहको निर्वाचनमा निर्वा्चित भएका अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि अहिले उपनर्वाचन हुन लागेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here