सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाको हिमाली क्षेत्र दुगुनामा उत्पादित सिमीले बजार नपाउँदा किसान चिन्तित भएका छन् । धेरै फल्ने यहाँको सिमीले बजार नपाउँदा किसानले सोचेजस्तो आम्दानी गर्न सकेका छैनन् । भोटेकोशी गाउँपालिका ३ दुगुनाका चिनिमाया कार्की उत्पादन भएको सिमिले बजार पाउन नसकेको गुनासो गर्नुहुन्छ । हिमाली भेग भएकाले यस क्षेत्रमा धान, मकै, कोदो जस्ता अन्नबाली खासै उत्पादन नहुने र आलु, सिमी भने पर्याप्त फल्ने किसान बताउँछन् । जब सिमी फल्छ जंगली जनावरले खाने समस्या छ । बचेको सिमीको कोसा र दाना विक्री नहुँदा कुहिएर जाने गरेको किसानहरुले गुनासो गरेका हुन् । दुगुनामा किसानले वार्षिक ४० मुरी भन्दा बढी सिमी फलाउँछन् । यता गाउँपालिकाले भने बजार नपाएका किसानका लागि योजना बन्दै गरेको बताएको छ । गाउँपालिकाभरीमै सबैभन्दा बढी सिमी उत्पादन हुने यस ठाउँका किसानलाई व्यवासायिक बनाउँदै भोटेकोशीबाटै सिमी निर्यात गर्ने योजना तर्जुमा गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । शहरी क्षेत्रका नागारिकले विषादी प्रयोग भएको तरकारी खाइरहेका बेला दुगुनामा उत्पादन हुने अर्गानिक तरकारीले भने बजार पाउन सकेका छैनन् ।
सिमीले बजार नपाउँदा किसान चिन्तित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।