।। एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज पहिलो खेल खेल्दैछ । बंगलादेशमा आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । नेपाली टिमका दुई ठुला खेलाडी रहने छैनन् । पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी नहुने भएका हुन् । नेपाल क्रिकेट संघ एन्फाले युवा खेलाडीलाई मौका दिदै प्रतियोगिता खेल्ने टिमको घोषणा गरेको थियो । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल र भारत खेल्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।