काठमाडौं ।। राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय गौरब र अन्य गरी पच्चीस आयोजनाको प्राविधिक परिक्षण गर्ने भएको छ । केन्द्रको हिजो बसेको बैठकले १७ वटा राष्ट्रिय गौरवका र आठ वटा अन्य गरि २५ आयोजनाको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको हो । जसमा दुईवटा पुल, पहाडी लोकमार्ग, द्रुतमार्ग, हुलाकी राजमार्ग, उर्जा क्षेत्रमा माथिल्लो तामाकोशी लगायतको आयोजनाको प्राविधिक परिक्षण गर्न लागिएको केन्द्रले जनाएको छ । त्यहाँ प्रयोग गरिएको सामग्रीको गुणस्तर, अनियमितता भए नभएको, काम समयमा सकिए नसकिएको लगायतका विषयमा अध्ययन गरिने केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले सीआईएनसँग बताउनुभयो । भौतिक पूर्वाधार गुणस्तरीय नभएको गुनासो आईरहेका बेला यसरी गरिने परीक्षणले आयोजनाको गुणस्तर कायम राख्न र आगामी दिनमा बनाईने योजनाको पनि गुणस्तरीयता कायम गर्न सहयोग पुग्ने अपेक्षा केन्द्रले गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here