काठमाडौं ।। राष्ट्रिय जनगणना २०६८ का अनुसार झन्डै साढे ५ लाख नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता भएको समस्याका कारण पीडित छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई सामान्य व्यक्ति सरह कामकाज गर्न, दैनिकी बिताउन पनि गाह्रो हुन्छ । तर, तीनै मध्ये केहि व्यक्तिहरु सपाङ्ग व्यक्ति भन्दा अब्बल छन्, खुशी पनि छन् । सर्लाहीका हरिमाया चौधरी ४५ वर्षको हुनुहुन्छ । सानै छंदा दुवै खुट्टा चल्न छोडेपछि उहाँ ह्विलचेयरको सहारा लिएर जीवन बिताइ रहनुभएको छ । हाते मेसिनको सहायताले कपडा सिलाउने काम गर्नुहुन्छ । पर्वतका विष्णुप्रसाद पोखरेललाई बाल्यकालमा पोलियोको संक्रमणले हातखुट्टा नचल्ने बनायो । तर, पोखरेलले अहिले आफ्नै चाउमिन उद्योग सञ्चालन गरेर अरुलाई जिन्दगी बाच्ने टेको दिनु भएको छ । चौधरी र पोखेरल जस्तै मुलुकका अन्य अपाङ्गता भएकाहरुपनि सिप सिकेर आफ्नो जीवनयापन गर्दै आएका छन् । उनीहरुले अपाङ्गता भएपनि सपाङ्ग झै जीवनयापन गर्न सक्ने र अरुलाईपनि रोजगारी दिन सक्ने उदाहरण बनेका छन् । अपाङ्गता भएकाहरुले खेलकुदमा पदक पाएका छन्, सगरमाथाको उचाई नापेका छन् । तर, राज्यले नीति, कानुन, सेवा सुविधाको व्यवस्था मिलाएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरुको गुनासो छ ।
सक्षम बन्दै अपाङ्गता भएका व्यक्ति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।