रौतहट ।। बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद महमद अफताव आलमको थुन्छेक बहसका क्रममा अर्का साक्षीले पनि बयान फेरेका छन् । २०६४ सालमा आलम संलग्न बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी सोमबार जिल्ला अदालत रौतहटको इजलासमा निवेदन दिएका छन् ।शंकर भनिने गौरीशंकर राम चमार सोमबार आलम पक्षका कानून व्यवसायीसँग अदालतमा उपस्थित भएर आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको बताएका छन् । उनले बम विस्फोटमा घाइते भएको प्रंमाणस्वरुप भारत सीतामढीको एक अस्पतालको कागज पनि पेश गरेका छन् ।शंकर भनिने गौरीशंकर राम चमार सोमबार आलम पक्षका कानून व्यवसायीसँग अदालतमा उपस्थित भएर आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको बताएका छन् । उनले बम विस्फोटमा घाइते भएको प्रंमाणस्वरुप भारत सीतामढीको एक अस्पतालको कागज पनि पेश गरेका छन् ।।साथै गौरीशंकरले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् । केही दिनअघि बम विस्फोटमा मारिएका भनिएका युवकको पत्नीले अदालतमा निवेदन दिँदै आफ्नो श्रीमान बैदेशिक रोजगारीमा गएर नफर्किएको बताएकी थिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here