काठमाडौं ।। नेपालले यू(१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाली युवा टोली भारतको ‘भारत एल्लो’ टिमसँग पराजित भएको छ । हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाली टोली ‘भारत एल्लो’सँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ११५ रनको झिनो लक्ष्य ‘भारत एल्लो’ले २१ ओभर १ बलमा विना विकेटको क्षतिमा १२० रन बनाएको हो । भारतका लागि अर्जुन आजाद र अजित कुमारले अर्धशतकीय पारी खेले । अर्जुनले ६७ रन बनाउँदा अजितले ५२ रनको योगदान गरे । यसअघि हैदरावादस्थित जिमखाना मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २६ रनको योगदान गरे । यस्तै शेर मल्लले १४ रन बनाउँदा अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रनको योगदान गरे । बलिङतर्फ भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले समान दुई–दुई विकेट लिए । सिरिजमा नेपालसहित भारतको तीन टिमले खेल्ने छन् । जसमा भारतको टिमलाई भारत ‘ब्लु’, भारत ‘रेड’ र भारत ‘एल्लो’ नाम दिईएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here