वीरगञ्ज ।। महानायक राजेश हमाल अहिले ‘सप्तरंग–२’को यात्रामा ब्यस्त छन् । पर्यटन प्रवद्र्धन र सम्मुनतीका लागि , सातै प्रदेशमा हामी भन्ने नाराका साथ ‘सप्तरंग–२’को साँगितिक यात्रा चलिरहेका छन् । यात्राकै क्रममा नायक हमाल कात्तिक २२ गते बीरञ्ज पुगेका थिए । सात प्रदेशमा आयोजन हुने यस कार्यक्रमा नायक राजेश शमाल मुख्य आर्कषण हुन् । कार्यक्रमको लागि सात जना कलाकार छनिएको छ । जसमा माहानायक राजेश सँगै सो कार्यक्रममा गायक सुगम पोखरेल, हास्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, गायक हिमाल सागर,प्रकाश सपुत र रवि ओड पनि समावेश छन् । वीरगञ्जमा पनि नायक हमालको क्रेज देखिएको छ । महानायक राजेश हमाल धोती, कुर्ता लगाएका थिए । उनको पोशाकले गर्दा फयान खुशी भए । प्रवेश निशुलक भएकोले घण्टाघरमा दर्शकको भीड लागयो । कलाकारहरुले दर्शकलाई हसाए,नचाए भरपुर मनोरञ्जा दिलाए । हमालले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘हामी सबै नेपाली’ लेखेका छन् । गृष्मा ब्रोडकास्टिङको आयोजनामा आयोजना गरिएको ‘सप्तरंग २’ सात प्रदेशका ७ शहरमा जाँदैछ । सात कलाकारको टिम यतिबेला प्रदेश नम्बर ३ मा पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here